ad ad

खेल


युरो कप : पोर्चुगललाई पराजित गर्दै जर्जिया अन्तिम १६ मा प्रवेश

युरो कप : पोर्चुगललाई पराजित गर्दै जर्जिया अन्तिम १६ मा प्रवेश

नेपालखबर
असार १३, २०८१ बिहिबार ६:२७, काठमाडौँ

युरो कप २०२४ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्दै जर्जिया अन्तिम १६ मा प्रवेश गरेको छ। 

बुधबार राति भएको खेलमा जर्जियाले आफ्नो पहिलो ठूलो प्रतियोगिताममा पोर्चुगललाई २–० को गोल अन्तरले हराउँदै अन्तिम १६ मा पुगेको हो। जर्जिया पहिलो पटक युरो कपमा छनोट भएको थियो। 

हारका बाबजुद पोर्चुगल समूह विजेता बनेको छ। पहिलो हाफमा एक गोल गरेको जर्जियाले दोस्रो हाफमा १ गोल थप्यो। 

खेलको दोस्रो मिनेटमा नै क्विचा क्भारात्क्षेलियाको गोलमा जर्जियाले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको दोस्रो हाफमा जर्जियाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्ब्र पार्‍याे। ५७ औं मिनेटमा मिकाउताद्जेले गोल गर्न सफल भएका थिए। 

समूह एफ कै अर्को खेलमा टर्कीले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा पुगेको छ। यो समूहबाट समान ३ खेलबाट ६ अंक बनाएको पोर्चुगल शीर्ष र टर्की दोस्रो स्थानमा रहे। 

४ अंकमा तेस्रो स्थानमा रहेको जर्जिया पनि अन्तिम १६ मा पुगेको छ। १ अंक जोडेको चेक रिपब्लिक भने बाहिरियो। 

गएराति भएकै समूह ई को खेलमा युक्रेन र बेल्जियमले गोलरहित बराबरी खेल्दै अंक बाँडे। अर्को खेलमा स्लोभाकिया र रोमानियाले १–१ को बराबरी गरे। 

यो समूहमा समान ३ खेलबाट चारै टोलीले समान ४ अंक बनाए। 

रोमानिया शीर्ष र बेल्जियम दोस्रो स्थानमा रहे। तेस्रो स्थानमा रहेको स्लोभाकिया अन्तिम १६ मा पुग्दा समान ४ अंक नै भएको युक्रेन भने चौथो स्थानमा रहँदा समूह चरणबाटै बाहिरियो। योसँगै युरो कपको अन्तिम १६ को समिकरण पूरा भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .