ad ad

खेल


युरो कप २०२४ : नक आउट चरणको समीकरण पूरा

युरो कप २०२४ : नक आउट चरणको समीकरण पूरा

नेपालखबर
असार १३, २०८१ बिहिबार ६:३५, काठमाडौँ

 

बुधरबा राति समूह ‘ई’ र ‘एफ’ समूहका खेल सकिएसँगै युरो कप २०२४ को नक आउट चरणको समीकरण पूरा भएको छ।

नकआउट चरणबाट १६ मध्या ८ टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन्। युरो कपमा सहभागी २४ टोलीमध्ये समूह ‘ए’ बाट हंगेरी र स्कटल्यान्ड तथा समूह 'बी' बाट क्रोएसिया र अल्बानिया समूह चरणबाटै बाहिरिए।
 

समूह ‘सी’ बाट सर्बिया, समूह 'डी' बाट पोल्यान्ड, समूह 'ई' बाट युक्रेन र समूह 'एफ' बाट चेक रिब्लिक समूह चरणमै रोकिए। 

तेस्रो स्थानमा रहने उत्कृष्ट ६ टोलीमध्येबाट नेदरल्यान्ड्स, जर्जिया, स्लोभाकिया र स्लोभेनियाले अन्तिम १६ मा स्थान पक्का गरे। हंगेरी र क्रोएसिया पाचौँ र छैटौँ स्थानमा रहँदा अघिल्लो चरण पुग्न सकेनन्। 

युरोकपका अन्तिम १६ का खेलहरू शनिबार रातिदेखि हुनेछन्। नकआउट चरणको पहिलो खेलमा स्विट्जरल्यान्ड र इटाली तथा जर्मनी र डेनमार्क खेल्नेछन्। सोही दिन डेनमार्कले जर्मनीको सामना गर्नेछ। 

आइतबार इङ्ल्यान्डले स्लोभाकियासँग खेल्दा स्पेनले जर्जियाविरुद्ध खेल्नेछ। जुलाई १ सोमबार फ्रान्सले बेल्जियमसँग खेल्दा पोर्चुगलले स्लोभेनियासँग खेल्ने तालिका छ। 

नकआउट चरणको अन्तिम दिन मंगलबार रोमानिया र नेदरल्यान्ड्स तथा अस्ट्रिया र टर्की खेलेसँगै क्वार्टरफाइनल समीकरण पूरा हुनेछ। क्वार्टरफाइनलका खेल जुलाई ५ देखि हुनेछन्। 

सेमीफाइनल खेल ९ र १० जुलाईमा हुनेछन्। युरोकपको फाइनल भिडन्त १४ जुलाईमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .