बज्रबाराही मुआय थाई क्लबले दोस्रो राष्ट्रिय बज्रबाराही मुआय थाई च्याम्पियनसिपको घोषणा गरेको छ।
यस प्रतियोगिता २५ र २६ जेठ, २०८१ मा आरएल फुटसल, चापगाउँ, ललितपुरमा आयोजना गरिनेछ।
यस कार्यक्रमले राष्ट्रियस्तरका मुआय थाई खेलाडीहरूको सहभागिता गराउँदै खेलकुदप्रेमीहरूलाई मनोरञ्जन र उत्साह प्रदान गर्नेछ।
मुआय थाई थाईल्याण्डको एक प्राचीन मार्शल आर्ट हो जसलाई आठ अंगहरूको विज्ञान भनिन्छ, जसमा हात, कुहिनी, घुँडा र खुट्टा प्रयोग गरेर प्रतिद्वन्दीलाई परास्त गरिन्छ। यो प्रतियोगिता दिउँसो १२ बजे देखि साँझ ७ बजे सम्म हुनेछ र दर्शकहरूको लागि रु. ३५० को अग्रिम टिकट उपलब्ध हुनेछ।
क्लबका अध्यक्ष अनिल श्रेष्ठले दोस्रो बज्रबाराही मुआय थाई च्याम्पियनसिप आयोजना गर्न उत्सुक र गर्वान्वित रहेको बताए। यसले मुआय थाईको समृद्ध परम्परालाई नेपालमा कायम गर्दै हाम्रा खेलाडीहरूलाई आफ्नो कौशल र दृढता देखाउने मंच प्रदान गर्ने उनको भनाइ छ ।
विजेताहरूलाई ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरिनेछ। खेललाई न्यायसंगत र पारदर्शी बनाउन अनुभवी रेफ्री र निर्णायक टोली हुनेछन्।
Shares
प्रतिक्रिया