ad ad

खेल


नेदरल्यान्डस्‌विरुद्ध चौथो विकेट गुमाएसँगै दबाबमा नेपाल

नेदरल्यान्डस्‌विरुद्ध चौथो विकेट गुमाएसँगै दबाबमा नेपाल

नेपालखबर
जेठ २२, २०८१ मंगलबार २२:३७, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत नेदरल्यान्डस्‌विरुद्ध लगातार चौथो विकेट गुमाएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली केही दबाबमा देखिएको छ। 

१० वर्षपछि विश्वकपमा फर्किएको नेपालले १० ओभरमको खेल जारी रहँदा ४ विकेट गुमाउँदा ५२ रन बनाएर खेलिरहेको छ। एसोसियट क्रिकेटको बादशाह नेदरल्यान्डस्‌विरुद्ध नेपालका शीर्ष क्रमका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। 

समूह डी मा रहेको नेपाल र डच टोली दुवै विश्वकपमा सुखद सुरुवात गर्ने लक्ष्यमा छन्। 

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले १० ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा ५२ रन बनाएर खेलिरहेको छ। क्रिजमा कप्तान रोहित पौडेल १५ रनमा नटआउट छन्। 

क्रिजमा दिपेन्द्र सिंह ऐरि आएका छन्।

कुशल मल्ल ९ रनमा क्याच आउट भए। अनिल शाह ११ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भान विकको हातबाट क्याच आउट भए। अनिलले १२ बलमा २ चौका प्रहार गरेका थिए। 

नेपालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो। आशिफ ४ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भिभियन किंग्माको हातबाट क्याच आउट भए। 

अर्का ओपनर कुशल भुर्तेल चौथो ओभरको पहिलो बलमा ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा परे। 

नेपाली टोलीको खेल हेर्न ग्रान्ड प्रेरी स्टेडिययमा समर्थकको भिड लागेको छ। टोलीको हौसला बढाउन क्रिकेट समर्थक नेपाली क्रिकेट टोलीको जर्सीमा उपस्थित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .