ad ad

खेल


आईसीसी टी–२० विश्वकप : नेदरल्यान्डस्‌विरुद्ध नेपालको मध्यम सुरुवात

आईसीसी टी–२०  विश्वकप : नेदरल्यान्डस्‌विरुद्ध नेपालको मध्यम सुरुवात

तस्बिर : ईएसपीएन


नेपालखबर
जेठ २२, २०८१ मंगलबार २२:१६, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत नेदरल्यान्डस्‌विरुद्ध नेपालले मध्यम सुरुवात गरेको छ। 

खराब सुरुवात गरेको नेपालले पावर प्लेमा दुई विकेटको क्षतिमा २५ रन बनाएर खेलिरहेको छ। 

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्‌ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले ५ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा २५ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा अनिल शाह ८ कप्तान रोहित पौडेल ६ रनमा नटआउट छन्। चौथो ओभरको पाँचौ बलमा विश्वकपका युवा कप्तान रोहित पौडेललाई अम्पाएरले आउट देखाएपनि थर्ड अम्पाएरको सहयोगमा उनले जिवनदान पाएका थिए। 

नेदरल्यान्डस्‌विरुद्ध नेपालले दोस्रो विकेटको रुपमा नेपालले अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको हो। 

ओपनर कुशल ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा परे। त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो।

आशिफ ४ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भिभियन किंग्माको हातबाट क्याच आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .