आईसीसी टी–२० विश्वकप अन्तर्गत नेदरल्यान्डस्विरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।
अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले आठौँ ओभरको खेला जारी रहँदा ३ विकेटको क्षतिमा ४० रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा कप्तान रोहित पौडेल १२ रनमा नटआउट छन्। क्रिजमा कुशल मल्ल आएका छन्।
अनिल शाह ११ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भान विकको हातबाट क्याच आउट भए।
नेपालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो। आशिफ ४ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भिभियन किंग्माको हातबाट क्याच आउट भए।
अर्का ओपनर कुशल भुर्तेल चौथो ओभरको पहिलो बलमा ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा परे।
285
Shares
प्रतिक्रिया