ad ad

खेल


आठौँ प्रधानमन्त्री कप : महिलातर्फ एभरेस्टको विजय सुरुवात

आठौँ प्रधानमन्त्री कप : महिलातर्फ एभरेस्टको विजय सुरुवात

तस्बिर : सराेज नेपाल


नेपालखबर
जेठ २०, २०८१ आइतबार ९:१९, काठमाडौँ

एभरेस्ट भलिबल ट्रेनिङ सेन्टरले काठमाडौँमा जारी आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत महिलातर्फ विजय सुरुवात गरेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार बिहान भएको पहिलो खेलमा एभरेस्टले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पाखा लगाएको हो। 

एभरेस्टले कर्णालीलाई २५–१६,२५–८ र २५–१० ले हराउँदै लिगमा पहिलो जित दर्ता गरेको हो।  प्रतियोगितामा आइतबार पुरुषतर्फ चार र महिलातर्फ २ खेल हुनेछ। 

गत चैतमा सम्पन्न आठौँ आरबीबीएभीए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले लिगमा प्रतिस्पर्धा गर्नेछन्। 

पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल एपीएफ क्लब, सुदूरपश्चिम स्पोट्स् काउन्सिल, कोसी प्रदेश र बुढानीलकण्ठ भलिबल क्लब सहभागी छन्। 

महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। 

महिला पुरुष दुवैतर्फर्का विजेताले समान ८ लाख तथा उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले २ लाख रुपैयाँ हात पार्नेछ। 

दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५०- ५० हजार रुपैयाँ पाउनेछन्। यसैगरी दुवैतर्फका उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .