ad ad

खेल


सन्दीपले भिसा नपाएपछि १५ सदस्यीय टोलीले नै विश्वकपमा निरन्तरता पाउने

सन्दीपले भिसा नपाएपछि १५ सदस्यीय टोलीले नै विश्वकपमा निरन्तरता पाउने

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १८:४१, काठमाडौँ

अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि दोस्रो पटक पनि क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकार भएपछि १५ सदस्यीय टोलीले नै निरन्तरता पाउने भएका छन्। 

नेपालस्थित अमेरिकी दूतावासले बिहीबार दोस्रो पटक सन्दीप लामिछानेलाई भिसाा दिन अस्वीकार गरेको हो। गत बुधबार सन्दीपले गरेको भिषा आग्रह अस्वीकार गरेको दुतावासले आज बिहीबार पनि रिजेक्ट गरेको हो। 

दोस्रो पटक पनि सन्दीपको भिसाा रिजेक्ट भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि घोषणा गरेको १५ सदस्यीय टोलीले नै विश्वकप खेल्ने भएको छ।

क्यानले यसअघि घोषणा गरेको १५ सदस्यीय टोली अहिले अमेरिकामा छ। बलात्कार मुद्दातमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्यानले सन्दीपलाई सबैखाले क्रिकेट प्रतियोगिताबाट निलम्बन फुकुवा गरेको थियो। 

आईसीसीसँग पनि सन्दीपलाई समेट्नका लागि आग्रह गरेको थियो। आईसीसीले सन्दीपलाई टोलीमा राख्न स्वीकार गरेसँगै क्यानले उनको भिषा प्रक्रिया अघि बढाएको थियो। 

सन्दीपले भिषाका लागि दिएको आवेदन स्वीकार भए यसअघि घोषणा भएको टोलीबाट सन्दीपलाई समेट्दै १५ सदस्यीय बनाउने गरि क्यानले आइसीसीसाग समन्वय गरेको थियो। यदी सन्दीपले भिसाा नपाएको अवस्थामा भने पुरानै टोलीलाई निरन्तरता दिने क्यानले तयारी गरेको थियो। 

निलम्बन फुकुवासँगै सन्दीपले अमेरिकाका लागि भिषा आवेदन दिएका थिए। अमेरिका प्रवेशका लागि आगामी मे २०२५ सम्म भिषा रहेपनि सफाइ पाएको दोस्रो दिनमा उनको भिसाा रद्द गरिएको जानकारी सन्दीपले पाएका थिए। त्यसैले उनले विश्वकप खेल्न जान पाउनका लागि भिसाा आवेदन दिएका थिए। 

तर लगातार दोस्रो पटक पनि सन्दीपले भिसााका लागि गरेको प्रक्रिया दुतावासले अस्वीकार गरेपछि यसअघि घोषित टोलीले नै निरन्तरता पाउने भएको छ। 

विश्वकपको तयारीका लागि नेपाली टोलीले वेष्ट इण्डिज र अमेरिकामा यसअघि ५ अभ्यास खेल खेलिसकेको छ। 

यस्तै आईसीसीले मिलाएको क्यानडा र अमेरिकासँगको दुई खेलगरी नेपाली टोलीले कुल ७ अभ्यास खेल खेल्नेछ। अन्तिम अभ्यास खेलका क्रममा नेपाली टोलीले आज बिहिबार राति अमेरिकासँग वार्मअप म्याच खेल्दैछ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्। 

नेपालले  जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। जुन ११ मा श्रीलङ्का, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्ने तालिका छ। 

१५ सदस्यीय नेपाली टोलीः 
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .