ad ad

अटो


अर्थसचिव र नाडा प्रतिनिधिमण्डलबीच छलफल

अर्थसचिव र नाडा प्रतिनिधिमण्डलबीच छलफल

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ११:३९,

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिवसँग सवारीसाधन आयातका विविध विषयमा छलफल गरेको छ।

अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको १० सदस्यीय नाडा प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानासँग भेटी फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरुबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले हालै राजस्व सचिवबाट अर्थ सचिवमा पदोन्नति भएका ढुङ्गानालाई बधाई तथा शुभकामना दिए। नाडाका उपाध्यक्षद्वय करण चौधरी र आकाश गोल्छाले अटोमोबाइल व्यवसायमा हाल देखा परेका समसामयिक समस्याहरुबारे आआफ्नो धारणा राखेका थिए।

सो अवसरमा महासचिव सुनिल रिजालले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउनेबारे पनि आफनो धारणा राखेको नाडाले जनाएको छ। उक्त भेटघाटमा सचिव ढुङ्गानाले भन्सार, भीसीटीएस र करका सम्बन्धमा नाडाले प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेकोमा धन्यवाद दिँदै त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने आश्वासन समेत दिएका थिए।

सो भेटघाटमा अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .