खेल


बोरुसिया डर्टमुन्ड ११ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा

बोरुसिया डर्टमुन्ड ११ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा

नेपालखबर
बैशाख २६, २०८१ बुधबार ७:५१, काठमाडौँ

जर्मन क्लब बोरुसिया डर्टमुन्ड ११ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। 

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा पीएसजी डर्टमुनड लाई १–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। डर्टमुन्डले समग्रमा २–० को नतिजा निकाल्दै ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो। 

घरेलु मैदानमा भएको खेलमा पीएसजी डर्टमुन्डको रक्षापक्ती तोड्न असफल रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। 

खेलको ५० औँ मिनेटमा जुलियन ब्रान्ड्टको कर्नरमा डिफेन्डर म्याट्स हुमेल्सको हेडर गोलमा परिणत भयो।

डर्टमुन्डले अब उपाधिका लागि रियल मड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग खेल्नेछ। यो खेल आजै राति हुनेछ। 

रियल र बायर्नले सेमिफाइनलको पहिलो लेगमा २–२ को बराबरी गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .