ad ad

खेल


एनएनआईपीए स्पोर्टस अवार्ड : प्याराग्लाइडिङका विमल र तेक्वान्दोकी निमा सर्वोत्कृष्ट खेलाडी

एनएनआईपीए स्पोर्टस अवार्ड : प्याराग्लाइडिङका विमल र तेक्वान्दोकी निमा सर्वोत्कृष्ट खेलाडी

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १०:३,

१४औँ संस्करणको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) २०७५को स्पोर्टस अवार्डमा प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

एनएनआईपीएको आयोजनामा मंगलबार भएको कार्यक्रममा विमल र निमालाई सर्वोत्कृष्ट घोषित गरिएको हो। सर्वोत्कृष्ट घोषित भएसँगै दुवै खेलाडीले समान १ लाख रुपैयाँ प्राप्त गरेका छन्।

२८ अलग अलग खेलका उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट खेलाडी छनोट गरिएको हो । तिनैमध्येबाट एथलेटिक्सका अजितकुमार यादव र भलिबलकी सरस्वती चौधरी प्रतिभावान खेलाडी घोषित भएका छन्। अजित र सरस्वतीले समान ५० हजार रुपैयाँ प्राप्त गरे।

सरस्वती र अजित

अधिकांश खेलाडी २०७५ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी खेलमा गरेको प्रदर्शनलाई आधार मान्दै सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडी घोषित गरिएको हो।

एसियन खेलकुदमा नेपालले विभिन्न २८ खेल भाग लिएको थियो। उत्कृष्ट २८ खेलाडी यसअघि नै घोषणा भइसकेको थियो। उनीहरुले समान १० हजार रुपैयाँ प्राप्त गरे।

एनएनआइपीए उत्कृष्ट खेलाडीबाट सम्मानित हुने खेलहरु फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोट्र्स, स्क्वास छन्। त्यस्तै सेपाकताक्रो, कुस्ती, स्पोट्र्स क्लाइम्विङ, बास्केटबल, लन टेनिस, ब्याडमिन्टन, ट्रायथोलन, पेन्काक सिलात, कराँते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथ्लेटिक्स र गल्फका खेलाडी उत्कृष्ट घोषित हुँदै सम्मानित भए।

गुरुङ आदर्श खेल व्यक्तित्व
बक्सिङका प्रशिक्षक मदनकुमार गुरुङलाई एनएनआईपिएले गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मान गरेको छ । नेपालको पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित अवार्ड गुरुङलाई प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहको आग्रहपछि बर्माको सैनिकको जागिर छाडेर गुरुङ नेपाल आएका थिए । गुरुङ सफल नेपालका सफल बक्सरहरुका प्रशिक्षक हुन् । जसमा दलबहादुर राना, पुष्करध्वज शाहीदेखि प्रकाश थापामगर, मानबहादुर श्रेष्ठ लगायतका हुन् । आईबा रेफ्री समेत रहेका गुरुङ राखेपका दोस्रो श्रेणीका अधिकृत हुन् । उनले सम्मान पत्रसहित ३५ हजार रुपैयाँ प्राप्त गरे । 

पारा खेलकुद अवार्ड
एनएनआइपिएले पहिलो पटक समावेश गरेको पारा खेलकुदको अवार्ड बोसिया खेलकी महिमा कोइरालाले प्राप्त गरिन् ।

ओली र चित्रकार पुरस्कृत
एनएनआईपिए खेल पत्रकार अवार्ड प्रज्वल ओलीलाई प्रदान गरेको छ । उनले गत महिना एआईपिएस अवार्डको बेष्ट कोलम राइटिङ अवार्ड जितेका थिए । उनले सम्मानपत्रसहित २५ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै, खेलकुद पत्रकारिता पुरस्कार भने फोटो पत्रकार राजेन्द्र चित्रकारले पाएका छन्। उनले नगद २५ हजार रुपैयाँ पनि प्राप्त गरे।

एनएनआईपिए स्पोर्टस् अवार्ड २०७५
सर्वोत्कृष्ट खेलाडी
महिला– निमा गुरुङ (तेक्वान्दो)
पुरुष – विमल अधिकारी (प्याराग्लाइडिङ)
प्रतिभावान खेलाडी
महिला – सरस्वती चौधरी (भलिबल)
पुरुष – अजितकुमार यादव (एथलेटिक्स)
पारा एथलिट – महिमा कोइराला (बोसिया)
गजराज आदर्श खेल व्यक्तित्व – मदनकुमार गुरुङ (बक्सिङ)
खेल पत्रकार – प्रज्वल ओली

उत्कृष्ट खेलाडी
फुटबल – भरत खवास
भलिबल – सरस्वती चौधरी
सुटिङ– सुष्मिता नेपाल
भारोत्तलोन – सञ्जु चौधरी
प्याराग्लाइडिङ – विमल अधिकारी
पौडी – सुभम श्रेष्ठ
टेबल टेनिस – नविता श्रेष्ठ
फेन्सिङ – ओमकार सिंह
लन टेनिस – प्रेरणा कोइराला
कबड्डी – रेणुका कुमारी राजवंशी
सेपाकताक्रो – रोशन तामाङ
स्पोर्टस क्लाम्बिङ – पेम्बा शेर्पा
बक्सिङ – मिलन शाह ठकुरी
रोलर – भूपेन्द्र थापा
ब्याडमिन्टन – दीपेश धामी
कुराँश – उपेन्द्र थापा
पेनकेक सिलात – गोविन्द चौधरी
ट्रायथोलन – बसन्त थारु
एथलेटिक्स – अजित कुमार यादव
बास्केटबल – मनिषराज उपाध्याय
जुडो – इन्द्र श्रेष्ठ
कराते – विजय श्रेष्ठ
कुस्ती – रेशम गौतम
उसु – जुनी राई
आर्चरी – तिलक पुन मगर
तेक्वान्दो – निमा गुरुङ
गल्फ – टंकबहादुर कार्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .