ad ad

राजनीति


प्रधानमन्त्रीले भनेः गोकुल बाँस्कोटालाई देख्नासाथ विरोधीको मुख बन्द हुन्छ

प्रधानमन्त्रीले भनेः गोकुल बाँस्कोटालाई देख्नासाथ विरोधीको मुख बन्द हुन्छ

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १०:१०,

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटको खुलेर प्रशंसा गरेका छन्।

सोमबार मन्त्री बाँस्कोटाको गृहजिल्ला काभ्रेपलाञ्चोक पुगेका प्रधानमन्त्री ओलीले उनको मुक्तकंठले प्रशंसा गरेका हुन्।

प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई देख्नासाथ विरोधीहरु चुप लाग्ने बताए।

‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा अर्कोतिर अरू सबैजस्तो भएको छ’, उनले भने, सरकारको विरोध गर्नुपर्‍यो भने गोकुल बास्कोटातिर हेर्नेबितिक्कै चुप लाग्छन्।’

धुलिखेल नगरपालिकाको ३४औं स्थापना दिवसमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काभ्रे प्रतिभा जन्माउने जिल्ला भएको बताए। उनले काभ्रे विकासको सम्भावना भएको जिल्ला बताए। सो अवसरमा अर्गानिक खेती गरेर कीर्तिमानी राख्न काभ्रेवासीलाई उनले आग्रह समेत गरेका थिए।

सो अवसरमा प्रधानमन्त्री ओलीले स्व. मदन भण्डारीको शालिक अनावरण गरेका थिए।

कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, सञ्चारमन्त्री गोकुल बाँस्कोटा खानेपानी मन्त्री बिना मगर धुलिखेल पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .