ad ad

खेल


मलेसियालाई हराउँदै एसीसी प्रिमियर कपमा नेपालको विजय सुरुवात

मलेसियालाई हराउँदै एसीसी प्रिमियर कपमा नेपालको विजय सुरुवात

नेपाल-मलेसिया खेल। तस्बिर : क्यान


नेपालखबर
चैत ३०, २०८० शुक्रबार १९:३९, काठमाडौँ

एसीसी प्रिमियर कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले विजयी सुरुवात गरेकाे छ। शुक्रबार भएकाे आफ्नाे पहिलाे खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएकाे हाे। 

ओमानले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले ४ बल अगावै  ५ विकेटको क्षतिमा भेट्टायाे। नेपालका लागि सन्दिप जाेरा १२ र गुल्सन झा १९ रनमा नटआउट रहे। 

ओपनर कुशल भुर्तेल २४ रन बनाउँदा पवनदिप सिंहको बलमा एलबीडब्लु धरापमा परे। अर्का ओपनर आशिफ शेख ३२ रन बनाउँदा विरनदिप कै बलमा विकेटकिपरको हातबाट आउट भए। 

कप्तान रोहित पौडेल ३२ रन बनाउँदा क्याच आउट नै हुन पुगे। २६ बलमा १ चौका र १ छक्का हानेका रोहित विरनदिप कै बलमा क्याच आउट भएका हुन्। दिपेन्द्र सिंह ऐरि १५ र कुशल मल्ल ७ रनमा क्याच आउट भए। 

नेपालका लागि मलेसियाका विरनदिप घातक बन्न पुगे। उनले ३ विकेट लिए। पवनदिप सिंह र मुहम्म्द वाफिकले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि ओमानको अल अमरेतस्थित टर्फ १ मा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४३ रनको योगफल तयार पारेको थियो। 

दोस्रो विकेटका लागि कप्तान विरनदिप सिंह र सर्भिन मुनियान्डेले ८२ रनको साझेदारी गरे। ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरेका सर्भिन ४१ रन बनाउँदा अभिनास बोहोराको बलमा बोल्ड आउट भए। 

अर्का ओपनर मोहम्मद अमिर ३६ रन बनाउँदा क्याच आउट भए। सैयद अजिज ६ रन बनाएर पेभेलियन फर्के। 

कप्तान विरनदिप ७२ र नाज्मुस सकिव ८ रनमा नटआउट रहे। विरनदिपले ५५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। नेपालका लागि दिपेन्द्र सिंह ऐरिले २ तथा अविनास बोहोराले एक विकेट लिए। 

नेपालले आफ्नो दोस्रो खेलमा शनिबार कतारसँग खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .