खेल


खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्रीको प्रतिवद्धता

खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्रीको प्रतिवद्धता

नेपालखबर
चैत २१, २०८० बुधबार १९:२८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

उनले खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको पनि बताए। उनले पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने बताए।

उनले नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र रहेको उल्लेख गरे। उनले खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान भएको बताए।

उनले नेपाल सरकार खेलकुद क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरु प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको जिकिर गरे।

उनले भने, ‘मैले आफ्नो कार्यकालमा खेलकुद, साहित्य, कला र संगीतको क्षेत्रलाई उच्च महत्व दिएको छु। तसर्थ नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरु प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न, संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध छ। खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउन मैले जोड गर्नेछु।’

प्रधानमन्त्री दाहालले निकट भविष्यमा कतारका राजाले नेपाल भ्रमण गर्न लागेका जानकारी गराउँदै भ्रमणलाई लक्षित गर्दै सरकारले खेल क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सम्झौताको तयारी गरिरहेको उल्लेख गरे। उनले सम्झौता ऐतिहासिक हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .