कमल ऐरीको घातक बलिङमा नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ टोलीले नेपाल ‘ए’ टोलीसामु जितका लागि १ सय ५८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ३८.३ ओभरमा १ सय ५७ रन बनाउँदा अल आउट भयो।
आयरल्यान्डलाई कम स्कोरमा रोक्न नेपालका लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए।
कमलले ३९ औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिर्दै ह्याट्रिक पूरा गरे।
कमलले पहिलो बलमा लियाम म्याककार्तिलाई आउट गरे। दोस्रो बलमा क्याथु हकपफ्रेस र तेस्रो बलमा वेन ह्वाइटलाई बोल्ड आउट गरे।
उनले २९ ओभरको तेस्रो बलमा कप्तान निल रकलाई एलबीडब्लु धरापमा पारे।
साहब आलम र मौसम ढकालले समान २ विकेट लिए। रिजन ढकालको नाममा एक् विकेट रह्यो।
आयरल्याण्डका लागि केडे कारमाइकलले बनाएको ५१ रन नै सार्वधिक रह्यो।
कप्तान निलले ३९ रन थपे। पेटर मुरले २१ रन बनाए। ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।
Shares
प्रतिक्रिया