समाज


त्रिशूलीमा ट्याक्सी खस्दा बेपत्ता रोकायाको शव पाँच दिनपछि भेटियो

त्रिशूलीमा ट्याक्सी खस्दा बेपत्ता रोकायाको शव पाँच दिनपछि भेटियो

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८० बुधबार १३:३८, काठमाडौँ

काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूलीमा खस्दा बेपत्ता भएका १८ वर्षीय दिवश रोकायाको शव भेटिएको छ।

ट्याक्सी त्रिशूलीमा खसेर बेपत्ता भएको पाँच दिनपछि बुधबार बिहान कालीखोलास्थित त्रिशुली किनारामा रोकायाको शव भेटिएको हो।

गत शनिबार काठमाडौंबाट गोरखा जाने क्रमा उक्त ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको सिमलधारानजिक दुर्घटनामा परेको थियो। 

उक्त दुर्घटनामा गोरखा नगरपालिका–७ का ट्याक्सी चालक ३५ वर्षीय अर्जुन सिर्मल, त्यही ठाउँका ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया, २८ वर्षीया अञ्जना रोकाया र ९ वर्षीय बालक आगमन नगरकोटीको ज्यान गएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .