खेल


ओडीआई सिरिज:  नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल आजदेखि

ओडीआई सिरिज:  नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल आजदेखि

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८० बुधबार ५:४३, काठमाडौँ

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ टोली बीचको तीन खेलको ओडीआई सिरिज आज (बुधबार) देखि सुरु हुँदैछ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। 

घरेलु मैदानमा नै टी–२० सिरिज गुमाएको नेपाली टोली ओडीआईमा सुखद सुरुवात गर्न चाहन्छ। उता आयरल्याण्ड भने पहिलो खेलको लयलाई नै कायम राख्ने योजनामा हुनेछ। 

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै विनोद भण्डारीको कप्तानीमा टोली घोषणा गरिसकेको छ। 

टी–२० खेलेको टोलीबाट ओडीआई खेल्ने टोलीमा कमल सिंह ऐरि, आरिफ शेख, देव खनाल, बसिर अहमद र विकास अग्रीले निरन्तरता पाएका छन्।  

नेपाल ‘ए’ टोलीले यसअघि आयरल्याण्डसँग नै तीन खेलको टी–२० सिरिज खेलेको थियो। घरेलु मैदानमा भएको सिरिज नेपाल ‘ए’ टोलीले २–१ ले गुमाएको थियो। 

त्यसअघि आयरल्याण्ड ‘ए’ टोलीले नेपालको सिनियर टोलीसँग पनि दुई खेलको टी–२० सिरिज खेलेको थियो। जुन सिरिजमा नेपालले क्लीन स्वीप गरेको थियो। 

नेपालको ‘ए’ टोलीले आयरल्यान्ड ‘ए’ सँग खोस्रो खेल २३ र सिरिजको अन्तिम खेल २५ गते खेल्ने तालिका छ। 

ओडीआई खेल्ने नेपाली टोली
विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरि, शाहब आलम, रन्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .