ad ad

खेल


कप्तान विनोद भन्छन् : १५, २० रन बढी दिनु हारको कारण बन्यो

कप्तान विनोद भन्छन् : १५, २० रन बढी दिनु हारको कारण बन्यो

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०८० शुक्रबार १७:२७, काठमाडौँ

नेपाल 'ए' टोलीका कप्तान विनोद भण्डारीले आयरल्यान्ड वुल्भ्सलाई १५, २० रन बढी दिनु नै हारको मुख्य कारण रहेको बताएका छन्। 

खेलपछि कुरा गर्दै कप्तान भण्डारीले भने, 'खेल राम्रो भयो, दुवै इनिङस राम्रो रन बन्यो। ब्याटिङका लागि पिच राम्रो थियो। तर १५,२० रन बढी दिए जस्तो लाग्यो।' 

शतक बनाएका लोकेश बमले राम्रो खेलेको उनले बताए। 'लोकेशले राम्रो राम्रो खेलेको थियो। उसको इनिङ गेम चेन्ज गर्ने किसिमको थियो, फिनिसिङ गर्ने किसिमको भए पनि सकेन।' 

आरिफ र लोकेशको साझेदारीबारे कुरा गर्दै भण्डारीले थपे, 'आरिफले पनि राम्रो खेलेको थियो। उनीहरूमध्ये एकजनाले फिनिसिङ गर्नुपर्ने थियो। तर सकेनन्,त्यसपछिका ब्याटरलाई प्रेसर भयो।' 

आयरल्यान्डविरुद्ध आक्रमक ब्याटिङ गरेका ओपनर लोकेशले शतक प्रहार गरे पनि हार टार्न सकेनन्। लोकेशले १ सय ६ र आरिफले ४९ रन बनाएका थिए। 

चौथो विकेटका लागि लोकेश र आरिफले १ सय २१ रनको शतकीय साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्‍याएका थिए। तर त्यसपछिका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। 

नेपाल २१ रनले पराजित भएसँगै तीन खेलको टी–२० सिरिजमा आयरल्याण्ड वुल्भ्सले १–० ले अग्रता बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .