ad ad

खेल


भारत अफगानिस्तानसँग स्तब्ध, जोर्डनले पाकिस्तानलाई ७ गोल हान्यो

भारत अफगानिस्तानसँग स्तब्ध, जोर्डनले पाकिस्तानलाई ७ गोल हान्यो

नेपालखबर
चैत १४, २०८० बुधबार १३:४०, काठमाडौँ

फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा दक्षिण एसियाको महारथि भारत पराजित भएको छ।

भारतलाई दक्षिण एसियाको उदाउँदो शक्ति अफगानिस्तानले २-१ गोलअन्तरले हराएको हो।

घरेलु भूमि गान्धी एथलेटिक स्टेडियम गुहाटीमा मंगलबार राति भएको खेलमा भारत स्तब्ध हुन पुगेको हो। 

पहिलो हाफको अग्रतालाई जोगाउन नसक्दा भारत पराजित भयो । भारतका लागि ३८ औँ मिनेटमा सुनिल क्षत्रीले अग्रता दिलाएका थिए। 

तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको अफगानिस्तानले महत्वपूर्ण खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

अफगानिस्तानलाई जिताउन रहमत अकबरी र शरिफ मुहम्मदले १-१ गोल गरे। विश्वकप छनोटको दोस्रो चरणमा अफगानिस्ताले पहिलो जित निकालेको हो। 

भारतविरुद्ध महत्वपूर्ण जितपछि अफगानिस्तानले ४ खेलबाट समूह ए मा ४ अंक बनाएको छ। भारतविरुद्ध पहिलो लेगमा अफगानिस्तानले गोलरहित बराबरी खेलेको थियो। 

अफगानिस्तानसँग पराजित भएको भारत पनि ४ अंकसहित भारत पनि दोस्रो स्थानमा छ। ३ खेल खेलेको कतार ९ अंकसहित पहिलो स्थानमा छ।

उता भारत पराजित भएकै दिन छिमेकी पाकिस्तानले पनि जोर्डनविरुद्धको खेलमा नराम्रो हार भोगेको छ।

जोर्डनको अम्मान रंगशालामा भएको खेलमा घरेलु टिमले पाकिस्तानलाई ७–० गोलको भारी अन्तरले हराएको हो। 

जोर्डनले नेपाललाई सन् २०११ मा ९-० गोलले हराएयता यो अर्को फराकिलो जित हो। जोर्डनको जितमा मुसा अल-तामारीले ह्याट्रिक गरे।

पाकिस्तानविरुद्धको फराकिलो जितपछि जोर्डन ४ खेलबाट ७ अंकसहित समूहको दोस्रो स्थानमा छ। यो समूहमा १० अंकसहित साउदी अरेबिया पहिलो स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .