ad ad

खेल


क्रिकेट र फुटबलबारे खेलकुद मन्त्रालयले राखेपसँग माग्यो ११ बुँदामा जानकारी

क्रिकेट र फुटबलबारे खेलकुद मन्त्रालयले राखेपसँग माग्यो ११ बुँदामा जानकारी

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०८० बुधबार १३:३९, काठमाडौँ

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र पठाउँदै क्रिकेट र फुटबल खेल विकासका लागि भइरहेका काम/कारबाहीबारे जानकारी मागेको छ।

मन्त्रालयले मंगलबार राखेपलाई पत्र पठाई क्रिकेट र फुटबल खेलको विकासका लागि थप योजना, नीति तथा रणनीति तयार गर्न के कस्ता काम र क्रियाकलाप भइरहेका छन् भनी विस्तृत विवरण जानकारी मागेको हो। 

नेपालले क्रिकेट र फुटबलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाइरहेको र यी खेलप्रति नागरिक तथा खेलप्रेमीको समर्थन र चासो बढेको उल्लेख गर्दै यी खेलको विकासका लागि भइरहेका गतिविधिका विषयमा ११ वटा बुँदामा जानकारी दिन मन्त्रालयले राखेपलाई पत्र लेखेको हो। 

मन्त्रालयले पठाएको पत्रमा राखेपसँग सम्बन्धित संघको स्वीकृत विधान, कार्यरत पदाधिकारीको नाम, ठेगाना र पदावधि तथा कार्यकारीको भूमिका निर्वाह गर्ने पदाधिकारी र कर्मचारीको नाम पद र सम्पर्क नम्बर पनि उपलब्ध गराउन भनेको छ। 

यस्तै पत्रमा संघको पछिल्लो तीन वर्षको प्रगति तथा लेखा परीक्षण प्रतिवेदन साथै स्थायी, अस्थायी, करार र ज्यालादारी कर्मचारीको विवरण पनि पठाउन भनिएको छ।

हेर्नुहोस् पत्र-

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .