हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज टी–२० आई त्रिकोणात्मक सिरिजको फाइनल खेलिरहेको छ।
पपुवा न्यु गिनीविरुद्ध उपाधिका लागि टस जितेर फिल्डिङ गरिरहेको नेपालका लागि अलराउण्डर करण केसीले पहिलो ओभरमा नै सफलता दिलाएका छन्।
करणले पहिलो ओभरको दोस्रोे बलमा ओपनर सेसे बाउलाई क्याच आउट गराए। १ बलको सामना गरेका सेसे बाउ करण केसीको बलमा आकाश चन्दको हातबाट क्याच आउट भए।
पहिलो ओभरको खेल जारी पिएनजीले १ विकेटको क्षतिमा १ रन बनाएको छ। क्रिजमा कप्तान असद भाला आएका छन्। ओपनर टोनी उरा १ रनमा नटआउट छन्।
69
Shares
प्रतिक्रिया