ad ad

खेल


नेदरल्यान्डस्‌को लगातार दोस्रो जित

नेदरल्यान्डस्‌को लगातार दोस्रो जित

नेपालखबर
फागुन १७, २०८० बिहिबार १५:१५, काठमाडौँ

ओपनर माइकल लेविटको विष्फोटक ब्याटिङमा नेपाल सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजमा नेदरल्यान्डस‌्‌ले लगातार दोस्रो जित निकालेको छ।

बिहीबार भएको खेलमा नेदरल्यान्डस्‌ले नामिबियामाथि ५९ रनको फराकिलो जित निकालेको हो।

नेदरल्यान्डस्‌ले पहिलो खेलमा बुधबार नेपालमाथि २ रनको रोमाञ्चक जित निकालेको थियो।

नेदरल्यान्ड्सले दिएको २ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८८ रन मात्र बनाउन सक्यो।

नामिबियाका लागि जान फ्राइलिंक र जेन ग्रिनले समान ४२ बनाए। जेपी कोट्जेले २६ तथा कप्तान जेजे स्मिथ र रुवेन टङम्पलमयानले समान १९ रन बनाए।
जेन ग्रिन ४२ र बेनार्ड स्कट ७ रनमा नटआउट रहे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डस्ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४७ रनको योगफल तयार पारेको थियो।

टी–२० आईमा नेदरल्याण्ड्सले बनाएको यो अहिले सम्मकै सर्वाधिक स्कोर हो। यसअघि सन् २०२१ मा नेपालविरुद्ध डच टोलीले २ सय ९ रन बनाएको थियो।

यस्तै टियु मैदानमा टी–२० क्रिकेटमा बनेको यो अहिलेसम्म कै ठुलो योगफल हो। यसअघि सन् २०२१ मा घरेलु टोली नेपालले नै नेदरल्याण्ड्सविरुद्ध २ सय ३८ रन बनाएको थियो।

दोस्रो विकेटका लागि लेविट र साइब्रान्ड एंगेलब्रेटले १ सय ९३ रनको साझेदारी गरेपछि नेदरल्याण्ड्सले कीर्तिमानी योगफल तयार पारेको हो।

विष्फोटक ब्याटिङ गरेका लेविटले १ सय ३५ रनको उत्कृष्ट पारी खेले। उनले ६२ बलमा ११ चौका र १० छक्का सहयोगमा १ सय ३५ रन बनाउँदा क्याच आउट भए।

सेब्राण्ड ७५ रनमा क्याच आउट भए। अर्का ओपनर म्याक्स ओ डाउड ५ रनमा नै क्याच आउट भए। तेजा निडामनुरु १८ रनमा रनआउट भए।

लगातार दोस्रो जितसँगै ४ अंक जोडेको नेदरल्याण्डस् अंक तालिकाको शीर्ष स्थानमा छ। एक खेलमा जित र एक खेलमा हार भोगेको नामिबिया २ अंकमा दोस्रो स्थानमा छ।

लगातार दुई खेलमा पराजित नेपाल अंक विहिन रुपमा पुछारमा छ।

सिरिज अन्तर्गत शुक्रबारको खेलमा नेपाल र नामिबिया खेल्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .