ad ad

खेल


खेलसम्बन्धी संस्थाहरूबीच समन्वय गर्न चैत अन्तिम साता ‘स्पोर्टस् कनेक्ट’

खेलसम्बन्धी संस्थाहरूबीच समन्वय गर्न चैत अन्तिम साता ‘स्पोर्टस् कनेक्ट’

माइस इन्टरनेसनलले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलन। तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन १७, २०८० बिहिबार १५:२८, काठमाडौँ

माइस इन्टरनेसनल सर्भिस प्रा. लि. र नेपाल स्पोर्टस एसोसिएसन (नेसा) को संयुक्त आयोजनमा हुने स्पोर्टस् कनेक्ट कार्यक्रम आगामी चैत अन्तिम साता हुने भएको छ।

माइस इन्टरनेसनलले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै स्पोर्टस् कनेक्ट कार्यक्रम चैत्र २२ देखि २४ गतेसम्म हुने जानकारी दिएको हो।

स्पोर्टस् कनेक्ट कार्यक्रम अन्तर्गत चौथो नेपाल स्पोट्र्स च्याम्पियनसिप तथा नेपाल एक्स्पो, स्पोट्र्स एन्ड फिटनेस एक्स्पो र नेपाल स्पोर्टस कन्क्लेभ हुनेछ।

नेपाल ओलम्पिक कमिटिसहित खेलका विभिन्न संगठन र संस्थाबीच नेटवर्किड र समन्वय गर्ने उदेश्यले माइसले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो।

स्पोर्टस कनेक्ट कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।

नेसाको आयोजनामा हुने चौथो नेपाल ईस्पोट्स च्याम्पियनसिप तथा एक्स्पो २०२४ मा इस्पोर्टस्का प्रतियोगिता र प्रदर्शनी हुनेछ।

च्याम्पियनसिपमा डोटा २, काउन्टर स्टुइक २, पब्जी मोबाइल, एमएलबीवी ओपन, एमएलबीबी वुमेन र ईफुटवलमा खेलाडी तथा टिमले प्रतिस्पर्धा गर्नेछन्।

विजेताले राष्ट्रिय च्याम्पियनको रुपमा उपाधि, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। यसलाई इन्टरनेसनल ईस्पोट्स फेडेरेसन (आईईएसएफ) ले आयोजना गर्ने १६ औं विश्व इस्पोर्टस च्याम्पियनसिप २०२४ को छनोटको रुपमा पनि लिइएको छ।

विश्व च्याम्पियनसिप नोभेम्बर ११ देखि १९ सम्म साउदी अरेबियाको रियादमा हुनेछ।


स्पोर्टस् कनेक्ट कार्यक्रममा अर्को आकर्षकको रुपमा स्पोर्टस एन्ड फिटनेस एक्स्पो २०२४ हुनेछ। यसमा खेल सामाग्री उत्पादक तथा व्यापारिक कम्पनी, खेल प्रतिष्ठान, क्लब, प्रतियोगिता, च्याम्पियनसिप, खेल संघ, शैक्षिक संस्था, आर्थिक प्रविधि, इन्टरनेट सेवा प्रदायक, ईस्पोट्र्सका डिभाइस तथा सेवा प्रदायक, स्पोर्टस एसेसरिज र सर्भिस प्रदायक कम्पनी तथा संस्थाले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन्।

यस्तै, नेपाल ओलम्पिक कमिटीसँगको समन्वयमा हुने नेपाल स्पोर्टस् कन्क्लेभमा नेपाली खेलकुद उद्योगमा नवीनताका लागि संवाद र छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .