नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिको फाइनल खेल गुमाउने भएकी छिन्।
अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सामाजिक सञ्जालमाफर्त एक वक्तव्य जारी गर्दै साम्बाले फाइनल नखेल्ने जानकारी गराएको हो।
नेपालले च्याम्पियसिपको फाइनलमा बिहीबार राति जोर्डनसँग खेल्दै छ। एन्फाले साम्बाको व्यावसायिक खेलका लागि भन्दै उनले फाइनल नखेल्ने बताएको हो।
साम्बा अनुपस्थित हुँदा दुःख लागेको बताउँदै एन्फाले उनको व्यावसायिक सम्झौतालाई बुझ्न पनि समर्थकसँग आग्रह गरेको छ।
जारी च्याम्पियनसिपका सबै खेलमा गोल गरेकी साम्बाले नेपाल र दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता बन्दै कीर्तिमान कायम गरेकी छिन्।
जारी च्याम्पियनसिपमा साम्बा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्।
Shares
प्रतिक्रिया