ad ad

खेल


वाफ वुमन्स च्याम्पियनसिप : साम्बाले फाइनल खेल्ने नखेल्ने अनिश्चित

वाफ वुमन्स च्याम्पियनसिप : साम्बाले फाइनल खेल्ने नखेल्ने अनिश्चित

नेपालखबर
फागुन १६, २०८० बुधबार ६:४५, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपको फाइनल खेल्ने नखेल्ने अनिश्चित छ। 

मंगलबार राति भएको सेमिफाइनलमा खेलमा नेपालले लेबनानलाई २–१ गोल अन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरिसकेको छ। 

खेलको ३८ औँ मिनेटमा पूजा रानाको आत्मघाति गोलमा नेपाल पछि परेको थियो। तर दोस्रो हाफमा नेपालले २ गोल फर्काउँदै फाइनलमा स्थान सुरक्षित गर्‍याे। 

७६ औँ मिनेटमा साम्बाले बराबरी गोल फर्काएकी थिइन्। खेलको इन्ज्युरी समयमा प्रिती राईको निर्णायक गोलमा नेपाल पहिलो सहभागितामा नै फाइनल पुगेको हो। 

जारी च्याम्पियसिपमा ९ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेकी साम्बाले फाइनल खेलबारे भने अनिश्चितता बढेको छ। 

साम्बा व्यवसायिक लिगका लागि फ्रान्सेली क्लब एन अभान्ट गुएङग्याम्पमा अनुबन्ध छिन्। फिफाका व्यवसायिक लिगमा अनुबन्ध खेलाडी फिफा विन्डोमा राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम छ। 

यद्यपी क्लब र फुटबल संघबीचको सहमति भएमा फिफा विन्डो बाहिरको खेल पनि खेल्न पाउँछन्। त्यसका लागि भने सम्बन्धित संघले क्लबसँग भन्नुपर्ने हुन्छ। 

वाफको समूह चरणका खेलमात्र फिफा विन्डोमा छ। फाइनल भने फिफा विन्डोभन्दा बाहिरको मितिमा छ। फिफा विन्डोमा ३ खेल खेल्न पाउने नियम छ। यद्यपी साम्बाको क्लबले उनलाई सेमिफाइनल पनि खेल्न दिएको हो। फिफाले फेब्रुअरी १९ देखि २८ लाई महिलातर्फ फिफा विन्डो तोकेको थियो। 

आगामी मार्च २ गते साम्बा सम्मिलित गुएङग्याम्पले लिल सँग खेल्दैछ। सो खेल जिते साम्बाको क्लब रेलिगेसनबाट बच्न सक्नेछ। सोही कारण गुएङग्याम्पले साम्बालाई सेमिफाइनलसम्म खेल्न छाडेको थियो। 

वाफको फाइनल खेल्दा साम्बा क्लबको खेलमा उपस्थित हुन नसक्ने हुदा सेमिफाइनलसम्मको खेल खेल्न दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .