फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी इंग्ल्यान्ड र नर्वे बिचको क्वार्टरफाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ।
निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि जारी खेल अतिरिक्त समयमा धकेलिएको हो।
पहिलो हाफमा इंग्ल्यान्ड र नर्वेले १-१ गोलको बराबरी खेलेका थिए। तर, दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्।
अमेरिकाको मियामी स्टेडियममा जारी खेलमा पहिलो गोल खेलको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियास स्केल्डरअपले गरेका थिए।
तर, त्यसको ११ मिनेटपछि नै पहिलो हाफको इन्जुरी समयमा जुडे बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याएका छन्।
आजै बिहान पौने सात बजेदेखि सुरु हुने अर्को क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड खेल्दैछन्।
आज विजयी हुने टोली सेमिफाइनमा जानेछ भने हार्ने टोली प्रतियोगिताबाट बाहिरिने छ।
Shares

प्रतिक्रिया