ad ad

समाज


भारततर्फ लाँदै गरेको ७१ किलो गाँजा सुनसरीको सीमाक्षेत्रबाट बरामद

भारततर्फ लाँदै गरेको ७१ किलो गाँजा सुनसरीको सीमाक्षेत्रबाट बरामद

नेपालखबर
फागुन १६, २०८० बुधबार १३:५, काठमाडौँ

भारततर्फ लैजाँदै गरेको ७१ किलो गाँजा सशस्त्र प्रहरीको टोलीले सुनसरीको दशगजानजिकैको क्षेत्रबाट बरामद गरेको छ।

मंगलबार राति सवा नौ बजेको समयमा सुनसरीको देवानगञ्ज गाउँपालिका-४ स्थित यादव टोलको मकैबारीबाट उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हो।

मकैबारीबाट २ जना व्यक्तिहरूले लुकिछिपी २ वटा बोरामा भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तागन्जको टोलीले बरामद गरेको हो।

उक्त गाँजा बोकेका दुवैजना व्यक्तिहरू खुला सिमानाको फाइद उठाउँदै भारततिर भागेका छन्। बरामद गाँजा अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा बुझाइएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .