ad ad

खेल


रोहित पौडेलले लिए नामिबियाको दोस्रो विकेट

रोहित पौडेलले लिए नामिबियाको दोस्रो विकेट

नेपालखबर
फागुन ९, २०८० बुधबार १२:४४, काठमाडौँ

नामिबियाले पाँचौँ ओभरमा दोस्रो विकेट गुमाएको छ। 

नेपालका बलर रोहित पौडेलले पाँचौँ ओभरको पहिलो बलमा जेपी कोट्जेको विकेट लिएका हुन्। 

त्रिवि क्रिकेट मैदानमा भइरहेको विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ। 

पौडेलले नामिबियाका ओपनर जिन पिएर कोट्जेलाई ३ रनमा बोल्ड आउट गरे। त्यसअघि दोस्रो ओभरको पाचौँ बलमा ओपनर निकोलस डेभिन ८ रन बनाउँदा रन आउट भए। 

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले पाचौँ ओभरको खेल जारी रहँदा २ विकेट गुमाउँदा १७ रन बनाएर खेलिरहेको छ। 

माइकल भान लिंगेन ६ र कप्तान गेहार्ड इरासमस  १ रनमा नटआउट छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .