आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली नेपालले नामिबियासामु १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको थियो। यस खेलमा नेपाल ३७ ओभरमा १ सय ६८ रन बनाउँदा अलआउट भयो।
ओपनर आशिफ शेख ५८ रन बनाउँदा एलबीडब्लु धरापमा परे। आशिफ २० औँ ओभरको पाँचौ बलमा ५८ रन बनाउँदा बेनार्ड स्कचको बलमा एलबीडब्लु धरापमा परेका थिए। उनले ६४ बलमा ८ चौका र १ छक्का हाने।
नेपालका लागि कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाह शून्य रनमा नै आउट भए।
रोहित २४ औँ ओभरको दोस्रो बलमा शून्य रनमा आउट भए। ९ बलको सामना गरेका रोहित जान निकोल लिफ्टी एटोनको बलमा क्याच आउट हुन पुगे।
आशिफले १७ औँ ओभरको पाचौँ बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। उनले ५५ बलमा ८ चौका र १ छक्का हाने। ओडीआईमा आशिफको यो १२ औँ अर्धशतक हो। नेपालबाट धेरै अर्धशतक हान्ने आशिफ एक्ला खेलाडी हुन्।
कुशल मल्ल ३६ रन बनाउँदा क्याच आउट भए। ५२ बलमा १ चौका र ३ छक्का हानेका कुशल इरानसमसको बलमा क्याच आउट भए।
करण केसी १२ रनमा क्याच आउट भए। ललित राजवंशी शून्य रनमा नटआउट रहे।
आठौँ ओभरको अन्तिम बलमा देव खनाल शून्य रनमा आउट भए। देव ज्याक ब्रसेल्सको बलमा क्याच आउट हुन पुगे।
दीपेन्द्रसिंह ऐरि ६, सोमपाल कामी ४ रनमा आउट भए। भीम सार्की २६ रनमा बोल्ड आउट भए।
नेपालले सातौँ ओभरमा दुई विकेट गुमाएको थियो। ओपनर कुशल मल्ल सातौँ ओभरको दोस्रो बलमा १८ रन बनाउँदा बेनार्ड स्कचको बलमा एलबीडब्लु धरापमा परे।
सोही ओभरको चौथो बलमा अनिल शाह पनि शून्य रनमा नै क्याच आउट हुन पुगे।
नामिबियाका लागि बेनार्ड स्कल्ट र जान निकोलले समान ४ विकेट लिए। ज्याक ब्रसेल, गेहार्ड इरासमसले एक एक विकेट आफ्नो नाममा गरे।
Shares
प्रतिक्रिया