श्रेयास मोभ्भको अर्धशतकमा आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको क्यानडा-११ को टोलीले जारी दोस्रो ओडीआई खेलमा जितका लागि नेपालको टोली एलाई २ सय ४१ रनको लक्ष्य दिएको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ए टोलीका कप्तान सन्दीप जोराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडा-११, एक बलअगावै २ सय ४० रनमा अलआउट भयो।
क्यानडा-११ का लागि श्रेयास मोभ्भा ६८ रन बनाउँदा क्याच आउट भए। ८२ बलमा ५ चौका हानेका श्रेयास अन्तिम ओभरको चौथो बलमा रसिद खानको बालमा बसिर अहमदको हातबाट क्याच आउट भए।
पाँचौँ बलमा शाहिद अहमजाई २ रन बनाउँदा रन आउट भए।
नवनित दलिवालले ४६ रन बनाए। विकेट किपर श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसले ३६ रन थपे। डिलोन हेलिगरले १६ रन बनाए।
नेपालका लागि साहब आलमले ३ विकेट लिए। शेर मल्ल र रसिद खानले समान २/२ विकेट आफ्नो नाममा गरे। सागर ढकाल र बसिर अहमदले समान एक/एक विकेट लिए।
दोस्रो ओडीआई खेलमा कप्तान विनोद भण्डारी बेन्चमा हुँदा किपिङमा ओपनर अर्जुन कुमाल आएका छन्।
नेपालले पहिलो खेलको टोलीबाट आज दुई खेलाडी परिवर्तन गरेको छ। विनोद भण्डारी र प्रतिश जि.सी बेन्चमा छन्। उनीहरुको स्थानमा शेर मल्ल र रिजन ढकाल छन्।
Shares
प्रतिक्रिया