ad ad

खेल


नेपाल ‘ए’विरुद्ध क्यानडा ११ चार विकेटले विजयी

नेपाल ‘ए’विरुद्ध क्यानडा ११ चार विकेटले विजयी

नेपालखबर
फागुन ६, २०८० आइतबार १६:३७, काठमाडौँ

क्यानडा ११ ले नेपालको ए टोलीमाथि ४ विकेटको जित निकालेको छ। 

आईसीसी विश्वकप लिग-२ काे तयारीमा रहेकाे क्यानडाले नेपाल ए टाेलीसँग अभ्यास खेल खेलेकाे हाे। यी दुई टाेलीबीचकाे दोस्रो खेल मंगलबार हुनेछ।  

क्यानडाले यसअघि नेपालकाे सिनियर टाेलीसँग तीन खेलकाे एक दिवसीय सिरिज खेलेकाे थियाे।  आइतबार भएको खेलमा नेपाल ए ले दिएको १ सय १७ रनको लक्ष्य क्यानडा ११ ले ३ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। 

क्यानडा ११ का लागि नवनित दलिवाल सर्वाधिक ८० रनको योगदान दिए। ७६ बलको सामना गरेका उनले १० चौका र २ छक्का हाने। निखिल दत्तले ६२ रन थपे। सादनविन जफर २३ र श्रेयास मोभ्भा २१ रन बनाएर पेभेलियन फर्के। दिलप्रित बाजवाले १० रन बनाए। 

नेपालका लागि साहब आलमले २ विकेट लिए। रसिद खान, बसिर अहमद, प्रतिश जिसी र सागर ढकालले समान एक् विकेट लिए। त्यसअघि मुलपानी क्रिकेट मैदानमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रनको योगफल तयार पारेको हो। 

नेपालका लागि  बसिर अहमदले अर्धशतक पूरा गरे। उनले ५५ बलमा १ छक्का ३ चाैका प्रहार गर्दै अर्धशतक पूरा गरे। 
रसिद खानले  ४० रनको योगदान दिए। ६४ बलमा ५ चौका हाने। ओपनर अर्जुन कुमाल र मयन यादवले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गर्दै नेपाललाई उत्ृकष्ट सुरुवात दिलाएका थिए। 

ओपनर मयन यादव ३६ रन बनाउँदै पेभेलियन फर्के। मयनले ५६ बलमा ४ चौका र १ छक्कासहित ३५ रन बनाउँदा हर्ष ठाकरले आउट गराए। अर्जुन आठौं ओभरको पाँचौ बलमा क्यानडाका कप्तान साद बिन जफरबाट क्याच आउट भए। अर्जुनले १४ बलमा ४ रन बनाए। विवेक यादवले २३ रन बनाउँदै आउट भए। 

किरण ठगुन्नाले २५ रन थपे। सन्दीप जोरा १४ रन बनाउँदा पेभेलियन फर्के। कप्तान विनादे भण्डारी ५ रन बनाउँदा एलबीडब्लु धरापमा परे। प्रतीस जिसी ४ रन बनाउँदा आउट भए। 

क्यानडा ११ का लागि साद विन जफरले ३ विकेट लिए। शादविन जफरले २ विकेट आफ्नाे नाममा गरे। डिलोन हेलिगर, हर्स ठाकर र हाहिद अहमजदाईले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .