ad ad

खेल


आईसीसी विश्वकप लिग-२ : नेदरल्यान्ड्सको पहिलो जित

आईसीसी विश्वकप लिग-२ : नेदरल्यान्ड्सको पहिलो जित

नेपालखबर
फागुन ७, २०८० सोमबार १४:४२, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले पहिलो जित दर्ता गरेको छ।

सोमबार भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हराउँदै सहज जित निकालेको हो।  

नेदरल्यान्ड्सले पहिलो खेलमा नेपालसँग ९ विकेटको फराकिलो हार भोगेको थियो। नामिबियाले भने नेपालविरुद्ध ४ विकेटको जित निकालेको थियो।

नामिबियाले दिएको १ सय २४ रनको मध्यम लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरका ३ विकेटको क्षतिमा भेट्टायो।

ओपनर माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए। उनले १ बलमा ८ चौका र २ छक्का हाने। म्याक्स ओ डाउनले २ रन थपे। साइब्रान्ड एङगेलब्रेट ६ रनमा एलबीडब्लु धरापमा परे।

बास डे लिड २१ र कप्तान स्कट इवार्ड ४ रनमा नटआउट रहे।

नामिबियाका लागि जेहार्ड इरासमसले ३ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १ सय २३ रन बनाउँदा अलआउट भयो।

जोहानेस जोनाथन स्मिथले बनाएको २६ रन नै टोलीका लागि सर्वाधिक रह्यो। रुवेन टङम्पलम्यानले २० रन बनाए।

नेदल्यान्ड्सका आर्यन दत्त एक्लैले ६ विकेट लिए। ओडीआई करियरकै उत्कृष्ट बलिङ गरेका उनले ९ ओभरमा ३४ रन खर्चे। कायल केलिनले २ विकेट लिए।

राइलोफ भान डेर र म्यास ओ डाउडले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .