ad ad

खेल


नेपालको रियल ब्याटिङ आजको जस्तो हो : कुशल भुर्तेल

नेपालको रियल ब्याटिङ आजको जस्तो हो : कुशल भुर्तेल

नेपालखबर
फागुन ५, २०८० शनिबार १५:४१, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले नेपालको ब्याटिङ नेदरल्याण्ड्सविरुद्धको जस्तो भएको बताएका छन्। 

खेलको प्लेयर अफ दी म्याच समेत बनेका कुशलले खेलपछि पत्रकारसँग कुरा गर्दै नेपालको वास्तविक खेल शनिबारको जस्तो भएको बताएका हुन्। 

ओडीआईको ५० औँ खेल खेलेका उनले भने, ‘विश्वकप खेलिरहेको टोलीलाई जित्दा खुसी लागेको छ। टोलीमा सबैले राम्रो गरेका थिए। व्यक्तिगत रुपमा भन्नुपर्दा पछिल्लो २ वर्षदेखि बलिङ गरिरहेको थिए, त्यसलाई देखाउन मात्र बाँकी थियो, आजको दिन थियो त्यो देखाउने खुसी लागेको छ।’

उनले थपे, ‘हामीले पहिलेबाट नै रणनिति बनाइराखेको थियौँ, मैले नामिबियासँग बलिङ गरेको थिएन, मेरो बलिङ देखेको थिएँ। हाम्रो लक्ष्य पावर प्ले देखि नै दबाबमा राखेर खेल्ने थियो त्यसरी नै खेल्यौँ। आजको खेलमा रन रेटलाईभन्दा आफ्नो रेन्जमा खेल्ने हो। पावर प्लेमा राम्रो गर्ने भन्ने थियो।’

दिपेन्द्रको आगमनले टोलीमा राम्रो प्रभाव पार्ने कुशल सुनाउँछन्। 

शनिबार डट टोलीलाई ३९ ओभरमा १ सय ३७ रनमा अलआउट गरेको नेपालले ९ विकेटको फराकिलो जित दर्ता गर्यो। 

नेदरल्याण्डस्ले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको थियो। 

नेदरल्याण्ड्सविरुद्ध सानदार जित दर्ता गर्ने क्रममा कुशलले अलराउण्ड प्रदर्शन गरे। सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध रोयल डग आउट भएका कुशलले नेदरल्याण्ड्सविरुद्ध भने बलिङ र ब्याटिङमा आक्रमक देखिए। 

बलिङतर्फ कुशलले ७ ओभरमा २० रन दिदा ४ विकेट लिए। ब्याटिङतर्फ कुशलले ११ बलमा ३ छक्का र २ चौका हान्दै २८ रनमा क्याच आउट हुन पुगे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .