आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध जारी खेलमा ओपनर आशिफ शेख पनि पेभेलियन फर्केका छन्।
ओपनर आशिफ चौथो ओभरको पाँचौँ बलमा ४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। ११ बलमा १ चौका हानेका आशिफ ज्याब ब्रासेलको बलमा स्मिथकै हातबाट क्याच आउट हुन पुगे।
नेपालले दोस्रो विकेटका रुपमा तेस्रो ओभरको पहिलो बलमा अनिल शाहलाई गुमाएको थियो। ६ बलमा २ चौका हान्दै ८ रन बनाएका अनिल रुवेन ट्रम्पलम्यानकै बलमा एलबीडब्लु धरापमा परे।
त्यसअघि इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेल रोयल डक आउट भएका थिए। कुशल रुवेन ट्रम्पलम्यानको बलमा स्मिथको हातबाट क्याच आउट भएका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले चार ओभरको समाप्तीमा ३विकेटको क्षतिमा १४ नर बनाएर खेलिरहेको छ।
क्रिजमा कप्तान रोहित पौडेल र भीम सार्की शून्य रनमा नटआउट छन्।
Shares

प्रतिक्रिया