सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक किशोरको मृत्यु भएको छ। दुर्घटनामा अरु दुई किशोर गम्भीर घाइते भएका छन्।
नवलपुर-मलंगवा सडकमा पर्ने मलंगवा नगरपालिका–११ गम्हरियामा गएराति ८ बजे विपरित दिशातिर गुडिरहेका दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
तीव्र गतिमा रहेका बीआर ०६ बीपी ४१७२ र बीआर ३० डी ३५१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा हुन्।
‘दुर्घटनामा मलंगवा नगरपालिका–११ गम्हरिया निवासी रामविश्वास रायका १५ वर्षीय छोरा विकास रायको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक ओमप्रकाश यादवले नेपालखबरसँग भने, ‘घाइते दुई किशोरलाई उपचारको लागि राति नै वीरगञ्ज लगिएको छ। उनीहरुको पनि अवस्था गम्भीर छ।’
मृतक किशोरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।
दुर्घटनामा मलंगवा नगरपालिका–११ गम्हरियाकै १६ वर्षीय निरज पटेल र १७ वर्षीय रोशन पासवान गम्भीर घाइते भएका छन्। उनीहरुलाई प्रादेशिक अस्पताल मलंगवा प्राथमिक उपचार गरी थप उपचारको लागि वीरगञ्ज लगिएको हो।
‘उनीहरुको एलेक्स न्युरो न्युरो अस्पतालमा उपचार भइरहेको छ,’ इन्सपेक्टर यादवले भने।
Shares

प्रतिक्रिया