आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ।
नेपालले घरेलु मैदानमा नामिबियासँग खेल्दै लिग २ को सुरुवात गर्दै छ।
सिरिजको खेलमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेल्नेछ।
नेपाली टोलीमा आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल र सूर्य तामाङ बेन्चमा छन्।
नेपाली टोली
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, करण केसी, ललित राजवंशी, अनिल कुमार शाह, गुल्सन झा
129
Shares
प्रतिक्रिया