ओपनर अनिल शाहले क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय सिरिजमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्।
आक्रमक ब्याटिङ गरेका अनिलले १५ औँ ओभरको पाचौँ बलमा अर्धशतक पूरा गरे। अनिलले ५१ बलमा ८ चौका मद्धतमा अर्धशतक पूरा गरे।
यसअघि उनले क्यानडाविरुद्धको दोस्रो खेलमा कीर्तिमानी अर्धशतक हानेका थिए।
ओडिआईमा अनिलको लगातार दोस्रो अर्धशतक हो।
क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याएको नेपालले १५ औँ ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ८३ रन बनाएर खेलिरहेको छ।
अनिल ५० र भिम सार्की १३ रनमा अविजित छन्।
258
Shares
प्रतिक्रिया