भारतीय महिला लिग फुटबलको दोस्रो सेमिफाइनलको पहिलो हाफमा सावित्रा भण्डारीको गोकुलम केरला एफसीले २–० ले अग्रता बनाएको छ। ब्याङ्ग्लोर फुटबल स्टेडियममा सोमबार जारी सेमिफाइनलमा अनिता बस्नेतको सेथु एफसीविरुद्ध सावित्राको टोलीले अग्रता बनाएको हो।
खेलको ४३औं मिनेटमा सावित्राले गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन्। २१औं मिनेटमा मनिसाको गोलमा गोकुलमले अग्रता बनाएको थियो।
जारी खेलको विजेताले उपाधिका लागि कृस्पा एफसीसँग खेल्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा कृस्पाले केन्क्रे एफसीलाई २–१ ले हराउँदै उपधि नजिक पुगेको थियो।
कृस्पा समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो।
यो सिजन सावित्रा गोकुलम केरला एफसी र अनिता साविक विजेता सेथु एफसीबाट खेलिरहेका छन्। सेथु समूह ‘ए’ को उपविजेता र गोकुलम समूह ‘बी’को विजेताका रुपमा अन्तिम ४ मा पुगेका हुन्।
समूह चरणमा सावित्राको टोली अपराजित रहँदा अनिताको टोलीले एक खेलमा हार व्यहोरेको थियो।
Shares

प्रतिक्रिया