समाज


भारतीय सहयोगमा नुवाकोटमा विद्यालय भवन निर्माण

भारतीय सहयोगमा नुवाकोटमा विद्यालय भवन निर्माण

नेपालखबर
माघ २७, २०७६ सोमबार १०:४२,

भारत सरकारले भूकम्प पश्चातको पूनर्निर्माण परियोजना अन्तर्गत नुवाकोट जिल्लाको किस्पाङमा ऐँसेलुभूमे माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरेको छ।

भवनको औपचारिक उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गरे। समारोहमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन पनि उपस्थित थिए। भारतीय राजदूतावासको पूनर्निर्माण प्रभागका प्रथम सचिव सुचिता किशोरले दूतावासको प्रतिनिधित्व गरेकी थिइन्।

ऐँसेलुभूमे माध्यमिक विद्यालय वि.सं. २०४६ सालमा स्थापना भएको हो। यस विद्यालयले करिब ६३७ विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ।

school.jpegभारत सरकारको नेपाली रुपैयाँ ३९.५७ मिलियन अनुदान सहयोगमा निर्मित यस नयाँ संरचनामा तीनवटा ब्लकहरु रहेका छन्। विद्यालयको तीन तल्ले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेका छन् भने दुई तल्ले शैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ।

नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले सो परियोजनाको कार्यान्वयन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad