ad ad

खेल


घरेलु टोली नेपाललाई क्यानाडाले दियो २ सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य

घरेलु टोली नेपाललाई क्यानाडाले दियो २ सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २७, २०८० शनिबार १३:१२, काठमाडौँ

नेपाल भ्रमणमा रहेको क्यानडाले तीन खेलको एक दिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोलीसामु २ सय ८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा  विकेटको क्षतिमा २ सय ८५ रनको योगफल तयार पारेको हो। 

पहिलो विकेटका लागि ओपनर आरोन जोनसन र नवनित डालिवालले ९४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

पहिलो विकेटका लागि नेपालविरुद्ध क्यानडाले गरेको दोस्रो ठुलो साझेदारी हो। यसअघि एसिया कपमा भारतका रोहित शर्मा र शुभमन गीलले १ सय ४७ रनको अविजित साझेदारी गरेका थिए। 

आकाश चन्दले १८.२ ओभरमा ओपनर नवनित डालिवाललाई विकेट किपर आशिफ शेखको हातबाट आउट गराउँदै ठुलो साझेदारी तोडेका थिए।

नवनितले ६० बलमा ८ चौका हान्दै ४६ रन बनाएर पेभेलियन फर्के। आकाशले डेब्यु विकेट लिए। 

अर्का ओपनर आरोन जोनसन ६५ रन बनाउँदा रन आउट भए। आरोनले ६२ बलमा १० चौका र २ छक्का हाने। 

कप्तान रोहित पौडेलले ३२ औँ ओभरमा दुई विकेट झारे। रोहितले ३२ औँ ओभरको पाचौँ बलमा निकोलस किर्तनलाई २० रनमा आउट गराए।

रोहितले सोही ओभरको दोस्रो बलमा पारगत सिंहलाई ३८ रनमा क्याच आउट गराएका थिए। ३८ बलमा ६ चौका हाने पारगत रोहितको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए।

कुशलले ४१ औँ ओभरको चौथो बलमा कप्तान सद विन जफरलाई १ रन बनाउँदा पवन सर्राफको हातबाट क्याच आउट गराए। ३९ औँ ओभरको चौथो बलमा दिलप्रित बाज्वालाई १९ रनमा बोल्ड आउट गराए। 

त्यसअघि ३४.५ ओभरमा सुर्य तामाङले हर्ष ठाकरलाई ३ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराउँदै ओडीआईको पहिलो विकेट लिएका थिए। सुर्यले क्यानडाविरुद्धको पहिलो खेलमा डेब्यु गरेका थिए। 

पवन सर्राफले साहिद ममजाइलाई १३ रनमा बोल्ड आउट गराए। 

नवौँ किवेटका लाग श्रेयास मोभा र उदय भगवान ४६ रनको साझेदारी गरे। श्रेयास ४० रन बनाउँदा सोमपाल कामीको बलमा क्याच आउट भए। उदय २० रनमा नटआउट रहे। 

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान २ विकेट लिए। 

सोमपाल कामी, सुर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा एक एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .