ad ad

खेल


‘चिनियाँ टोलीसँगको प्रतिस्पर्धा रोमाञ्चक हुन्छ’

‘चिनियाँ टोलीसँगको प्रतिस्पर्धा रोमाञ्चक हुन्छ’

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २६, २०८० शुक्रबार १७:२३, काठमाडौँ

चिनियाँ नयाँ वर्ष कप २०२४ मैत्रीपूर्ण फुटबल खेल रोमाञ्चक हुने दुवै टोलीले बताएका छन्।

काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाली यू–२३ टोली र चीनको चिङघाई युसुगा युवा फुटबल टोलीले शनिबारको खेल रोमाञ्चक हुने बताएका हुन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युवा टोली उर्जावान रहेकाले शनिबारको खेल प्रतिस्पर्धात्मक हुने बताए।

युवा टोलीका लागि शनिबारको खेल आफूहरुको क्षमता देखाउनका लागि राम्रो अवसरको रुपमा समेत रहेको उनले बताए।

भविष्यमा नेपालको राष्ट्रिय टोलीका यिनै खेलाडी पुग्ने भएकाले यो खेलले पनि सहयोग पुग्ने उनको भनाई छ।

मैत्रीपूर्ण खेलका लागि युवा टोलीले पोखरामा एक साता अभ्यास गरेको थियो। नेपाली टोलीको कप्तानी मनिष डाँगीले गर्नेछन्।

टोलीका कप्तान डाँगीले आफ्नो लागि कप्तानी भन्दा पनि टोली महत्वपूर्ण रहेको सुनाए।

उनले भने, ‘हामी सबैको ध्यान शनिबारको खेलमा छ। पोखरामा अभ्यास गरेर आएका छौँ त्यसैले शनिबारको खेल राम्रो हुनेछ भन्ने आशा छ।’

चिनियाँ टोली भने एक महिनाको अभ्यास गरेर नेपाल आएको हो।

चिनियाँ टोलीका कप्तान बाडेङ चेन्जिङले नेपालको टोली राम्रो रहेको सुनेको बताउँदै शनिबारको खेल रोमाञ्चक हुने बताए।

घरेलु प्रतियोगिता खेल्दै आएका युवा टोलीले भरिएको चिनियाँ टोली नेपाली युवा टोलीसँग खेल्न उत्साहित छ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा दिउँसो साढे ३ बजे सुरु हुनेछ। खेलका लागि साधारणतर्फ २ सय र भीआइपी प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकक दर तोकिएको छ।

चिनियाँ नयाँ वर्षको अवसरमा हुने खेलअघि नयाँ वर्ष सांस्कृतिक कार्यक्रम हुनेछ।

नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोली पोखरामा प्रशिक्षणरत छ। प्रतियोगिताको सह–आयोजकमा अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल ओभरसिज चिनियाँ संघ रहेका छन्।

नेपाली युवा टोली :
मनिष डाँगी (कप्तान), पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, विशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्सम, सन्जिव विष्ट, लाकेन लिम्बु, उत्सव राई, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुष घलान, आशिक बाबु,सन्तोष महत, निरन्जन धामी र एञ्जल महर्जन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .