ad ad

कारोबार


साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ को प्रायोजन गर्ने

साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ को प्रायोजन गर्ने

नेपालखबर
माघ २६, २०८० शुक्रबार १७:४१, काठमाडौँ

बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लि. को नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चाइना फ्रेन्डसिप फुटबल खेलको प्रायोजन गर्ने भएको छ।

चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजना गरिने सो महत्वपूर्ण खेल कार्यक्रम शनिबार (फेब्रुअरी १०) का दिन दशरथ रंगशालामा आयोजना हुनेछ।

बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबीच प्रतिस्पर्धा हुनेछ। जसले उत्साहजनक प्रतिस्पर्धा र मित्रतालाई झल्काउने  बीवाईडीको विश्वास छ।

यसले फुटबलको विश्वव्यापी भाषाबाट चीन र नेपालबीचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबीचको सम्बन्धलाई अझै मजबुत बनाउने कम्पनीले जनाएको छ।

स्प्रिङ फेस्टिभल अर्थात वसन्त पर्व समेत भनिने चाइनिज न्यु इयरले विश्वव्यापी रुपमा गहिरो सांस्कृतिक महत्व राख्छ, जसले पारिवारिक पुनर्मिलन, पुरानोबाट नयाँमा पदार्पण र नयाँ सुरुवाततर्फको यात्रा दर्शाउँछ।

संयुक्त राष्ट्र संघले समेत हालै चाइनिज लुनार न्यु इयरलाई होलिडेको रुपमा मान्यता दिएकोले यसको विश्वव्यापी पहुँच र महत्वलाई जोड दिएको प्रमाणित हुन्छ।

करिव २०० देश र क्षेत्रमा मनाइने स्प्रिङ फेस्टिभलले आनन्द र नवीकरणको भावनामा विविध संस्कृतिलाई जोड्ने काम गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .