तिव्र गतिका बलर सोमपाल कामीले क्यानडाविरुद्धको पहिलो ओडीआई खेलमा नेपाललाई दोस्रो सफलता दिलाएका छन्।
सोमपालले छैटौँ ओभरको अन्तिम बलमा ओपनर आरोन जोनसोनलाई एलबीडब्लु धरापमा पारे। १५ बलमा ३ चौका र १ छक्का हानेका आरोन २० रनमा पेभेलियन फर्के।
यससँगै क्यानडाले आफ्नो दुवै अोपनरलाई गुमाएको छ।
त्यसअघि क्यानडाले पहिलो विकेटको रुपमा नभनित डालिवाललाई गुमाएको थियो।
क्यानडाविरुद्ध अोडिआईमा डेब्यु गरेका रिजन ढकालले तेस्रो ओभरको पाचौँ बलमा ओपनर नभनित डालिवाललाई ६ रन बनाउँदा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै करियरको पहिलो अन्तराष्ट्रिय ओडिआई विकेट लिएका थिए।
नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले ६ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ३५ रन बनाएर खेलिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २ सय २४ रनमा अलआउट भयो।
Shares

प्रतिक्रिया