ad ad

खेल


गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन बागमती सरकारले करिब ५२ करोड लगानी गर्ने

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन बागमती सरकारले करिब ५२ करोड लगानी गर्ने

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०८० मंगलबार १२:५७, काठमाडौँ

चितवनको भरतपुरस्थित कृषि क्याम्पसको जग्गामा धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण थालेर छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारले झन्डै अर्ब लगानी गर्ने भएको छ। 

उक्त रंगशाला निर्माणका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ।

बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रंगशला निर्माणको प्रथम चरणका लागि करिब ५२ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।

उक्त रंगशाला निर्माणका लागि प्रथम चरणमा ७५ करोड रुपेयाँ बराबरको लागत अनुमान गरिएको छ। जसको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने भएको हो। बागमती प्रदेशले ७५ करोडको ७० प्रतिशत अर्थात करिब ५२ करोड रुपैयाँको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको दुलालले बताए।

यसअघि संघीय सरकारले गत पुसमा बागमती सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएको थियो।अब उक्त रंगशाला संयुक्त लगानीमा बन्ने निश्चित भएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो रंगशालाका लागि लिज ऐनअन्तर्गत जग्गा लिनुपर्ने भएपछि मन्त्रिपरिषद्को बैठकबाट सहमति दिइएको थियो। 


त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाउँदैछ।

महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड बराबरको काम गर्ने गरी सहमति गरेको थियो। पहिलो चरणमा खेल मैदान र प्यारापिट तयार गरेर खेल्न मिल्ने बनाइँदैछ।

प्रदेश सरकारले ७० प्रतिशत लगानी गर्ने भएपछि बाँकी रकम अब संघीय सरकारको अनुदान लिने तयारी भएको छ। अपुग रकम भरतपुर महानगरपालिकाले थप गरी रंगशाला बनाउनेछ। 

प्रदेश सरकारको बजेट सुनिश्चितसँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिने भएको छ। धुर्मुस–सुन्तली फाउण्डेसनले १९ करोड रुपैयाँ ऋण लागेपछि दुई वर्षअघि निर्माणको काम छाडेको थियो। त्यसयता रंगशाला अलपत्र छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .