ad ad

खेल


साझेदारी तोड्न नसक्दा हार्‍यौँ: कप्तान ज्ञानेन्द्र

साझेदारी तोड्न नसक्दा हार्‍यौँ: कप्तान ज्ञानेन्द्र

लक्ष्मी जि.सी
माघ २६, २०७६ आइतबार १४:७,

विश्वकप लिग २ को आफ्नो तेस्रो खेलमा आइतबार नेपालबाट जितको अपेक्षा राखिएको थियो। पहिलो खेलमा ओमानसँग १८ रनले गुमाए पनि अर्को खेलमा नेपालले अमेरिकामाथि जित हासिल गर्दैै जितको यात्रा सुरु गरेको थियो।

अघिल्ला दुई खेलको दाँजोमा राम्रो सुरुवात र एक दिवसिय क्रिकेटमै आफ्नो तर्फबाट अहिले सम्मकै उच्च २ सय ५० रनको लक्ष्य दिएपछि नेपालले दोस्रो जित निकाल्ने अपेक्षा गरिएको थियो। त्यस्तो अवस्थाबाट नेपालले ८ विकेटले खेल गुमायो।

टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओमानको तेस्राे विकेटको पार्टनरसिप तोड्न नसक्नु र बाउन्ड्रिज रोक्न नसक्नु हारको कारण रहेको बताए। ओमानले तेस्राे विकेटका लागि १ सय ६७ रनको साझेदारी गरेको थियो।

ओपनिङ ब्याट्सम्यानलाई गुमाएपछि एक समय दबाबमा आएको ओमानका लागि कप्तान जिसान मक्सुद र उपकप्तान अकिब लियासले धर्यतापूर्वक इनिङस् सम्हालेका थिए। उप कप्तान अकिबले १ सय ९ रन जोड्दा कप्तान जिसान ६८ मा अविजित रहे। ज्ञानेन्द्रले पार्टनरसिप तोड्नका लागि ७ बलर सम्म प्रयोग गरे।

खेलपछि कप्तान ज्ञानेन्द्रले चुनौतिपूर्ण लक्ष्य दिएपनि उनीहरुको साझेदारीलाई तोड्न नसक्नु कमजोरी रहेको बताए। ‘हामीले राम्रो लक्ष्य दिएपनि उनीहरुले जसरी ब्याटिङ गरिरहेका थिए त्यो हिसाबमा हाम्रा बलरहरुले राम्रो गर्न सकेनन्,उनले भने, जसलाई विश्वास गरेका थियौ उनीहरुले राम्रो गर्न सकेनन् त्यो नै हारको कारण हो।’ ओमानले नेपालविरुद्ध २९ चौका र १ छक्का प्रहार गरेको थियो।

कप्तान ज्ञानेन्द्रले उप कप्तान दिपेन्द्र सिंह ऐरिको खराब प्रर्दशनको भने बचाउ गरे। एउटा खेलाडीको प्रदर्शनलाई मात्र हेरेर हुँदैन, ओमानविरुद्ध अर्धशतक पुरा गरेका ज्ञानेन्द्रले थपे, दिपेन्द्र टोलीको आवश्यकता अनुसार प्रदर्शन गर्नेमा हामी विश्वस्त छौं। ज्ञानेन्द्रले एक दिवसिय क्रिकेटमा दोस्रो अर्धशतक पुरा गर्दा उपकप्तान दिपेन्द्र भने लगातार दोस्रो खेलमा पनि खाता खोल्न असफल रहे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .