ad ad

राजनीति


मन्त्रिपरिषद् निर्णय : असोज ३ बाट धरहरा खुला, ४१ सहसचिवको सरुवा

मन्त्रिपरिषद् निर्णय : असोज ३ बाट धरहरा खुला, ४१ सहसचिवको सरुवा

नेपालखबर
भदौ २७, २०८१ बिहिबार २३:३०, काठमाडौँ

भूकम्पले भत्काएको धरहराको भग्नावशेष यथावत् राखी नयाँ निर्माण गरिएको काठमाडौँ सुन्धारास्थित धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवस (राष्ट्रिय दिवस) का दिन अस्थायी रूपमा भए पनि धरहरा खुला गर्ने निर्णय गरेको एकजना मन्त्रीले जानकारी दिए।

२०७२ वैशाख १२ को भूकम्पमा पुरानो धरहरा ढलेपछि त्यसैको नजिकै नयाँ धरहरा बनाइएको छ। यसको मुनि भूमिगत पार्किङको व्यवस्था गरिएको छ।

यस्तै, मन्त्रिपरिषद् बैठकले ४१ जना सहसचिवको सरुवा गरेको छ।

केही मन्त्रालयका लागि कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी पनि एक मन्त्रीले दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .