ad ad

खेल


एनपीएलमा रोहित र सन्दीपसहित छानिए यी ८ मार्की खेलाडी

एनपीएलमा रोहित र सन्दीपसहित छानिए यी ८ मार्की खेलाडी

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १४:१, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ८ मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ। 

क्यानले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै एनपीएलका लागि राष्ट्रिय टोलीमा रहेका ८ खेलाडीको नाम सार्वजनिक गरेको हो। 

क्यानले सार्वजनिक गरेको ८ मार्की खेलाडीमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल रहेका छन्। 

यद्यपी कुन खेलाडी कुन टोलीको मार्की खेलाडीका रुपमा रहन्छन् भन्ने बारेमा भने क्यानले केही खुलाएको छैन। 

पछिल्लो ३ वर्षको प्रर्दशनलाई ध्यानमा राख्दै ८ खेलाडीको नाम सार्वजनिक गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए।

उनीहरू एनपीएलमा कुन टोलीमा रहन्छन् भन्ने बारेमा भने शनिबार मात्रै टुङ्गो लाग्नेछ। क्यानले शनिबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज टोलीलाई आफ्नो मार्की खेलाडी रोज्न लगाउनेछ। 

एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .