ad ad

समाज


बागलुङ दुर्घटनामा अस्ताए पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा, आमा गोपीमाया र वडाध्यक्ष श्रीपाली

बागलुङ दुर्घटनामा अस्ताए पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा, आमा गोपीमाया र वडाध्यक्ष श्रीपाली

पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, वडा नम्बर २ का अध्यक्ष जस बहादुर श्रीपाली र भुपेन्द्राकी आमा गोपीमाया बुढा


नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १५:२५, काठमाडौँ

बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको पहिचान खुलेको छ।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, उपाध्यक्ष भुपेन्द्राकी आमा गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष जस बहादुर श्रीपालीको निधन भएको हो। 

रुकुमुपूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माका अनुसार, तीन जनाकै शव पहिचान भएको हो।

उनीहरू शुक्रबार काठमाडौँबाट रुकुमपूर्वका लागि हिँडेका थिए। सोही क्रममा गलकोट–२ भुङ्खानी भन्ने ठाउँबाट उनीहरू सवार गाडी लगभग ३ सय मिटर तल झरेको थियो। 

दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै ज्यान गएको थियो। गाडीमा जम्मा ४ जना सवार थिए। 

चालक २९ वर्षीय प्रेम पुन भने घाइते भएका छन्। उनको धवलागिरी अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .