ad ad

समाज


कर्कटलाई सहकर्मीबाट विरोध हुने, वृश्चिकको परिवारभित्र मनमुटाव बढ्ने, तपाईँको के? हेर्नुस् २८ भदौको राशिफल

कर्कटलाई सहकर्मीबाट विरोध हुने, वृश्चिकको परिवारभित्र मनमुटाव बढ्ने, तपाईँको के? हेर्नुस् २८ भदौको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
भदौ २८, २०८१ शुक्रबार ४:३८, काठमाडौँ

आज शुक्रबार, २८ भदौ २०८१ (१३ सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : कसैसँग केही न केही आशा गरिरहनुहुनेछ। दाजुभाइ तथा साझेदारहरूसँग मिलेर गरिएको व्यवसायबाट भनेजस्तो पैसा कमाउन सकिएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृष : धार्मिक, राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। जाँगर र हिम्मत बढ्नेछ। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मिथुन : लाभदायक यात्रा हुनेछ। तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाइनेछ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। वाहन वा भूमिबाट पनि लाभ रहला।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६५, वैदेशिक कार्यमा ५० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्ने। झुट नबोल्ने।

कर्कट : नजिकका व्यक्तिबाट काममा बाधा आउला। सहकर्मीबाट विरोध हुनेछ। विपक्षीको जालझेलबाट सावधान रहनुपर्ला। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। निर्णय कार्यान्वयन हुन सक्दैन। स्फूर्ति र उमङ्गको कमी हुनेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह व्याप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। कसैलाई सापटी दिएको रकम फिर्ता हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कन्या : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर छ। शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

तुला : पारिवारिक सद्भाव बढ्नेछ। प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। महत्त्वपूर्ण कामको थालनी होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम जीवन सामान्य रहनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक : आँटेको काममा ढिलासुस्ती हुन सक्छ। सहकर्मीबाट विरोध आउला। पुँजी बजारमा नोक्सानी हुन सक्छ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

धनु : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक कार्यमा सहभागी भइनेछ। प्रेमीको उचित सहयोग रहनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुनेछ। तर, साँझमा भने झन्झटिलो कार्यमा समय खेर जानेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मकर : बन्धुबान्धवबाट सहयोग मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका जुर्ला। नयाँ वस्त्र उपहार पाइनेछ। रमणीय र सुखद यात्राको योग छ। आर्थिक कारोबारमा राम्रै लाभ हुनेछ। तर, निर्णायक क्षमतामा कमी देखिनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४५, वैदेशिक कार्यमा ६० र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राख्ने। अरूलाई नसताउने।

कुम्भ : आँटेको काममा फाइदा मिल्नेछ। घरमा अतिथिको आगमन होला। धैर्य गरी मेहनेत गरेमा कार्यसिद्धि हुनेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। दिनको मध्यमा शैक्षिक क्षेत्रमा प्रगति नै होला।

भाग्यशाली रङ कालो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७०, वैदेशिक कार्यमा ५० र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

मीन : दिन माध्यम खालको छ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। तर, धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रणय सम्बन्ध सामान्य नै रहने देखिन्छ।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। अरूको कुभलो नसोच्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .