ad ad

राजनीति


‘कालापानी र लिपुलेक भारतको’ भनेपछि मेटमणिसँग पार्टीले माग्यो स्पष्टीकरण

‘कालापानी र लिपुलेक भारतको’ भनेपछि मेटमणिसँग पार्टीले माग्यो स्पष्टीकरण

फाइल तस्बिर : एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र उपमहासचिव मेटमणि चौधरी


नेपालखबर
भदौ २८, २०८१ शुक्रबार ९:१५, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई पार्टीले पत्र पठाएर स्पष्टीकरण मागेको छ।

यही भदौ २५ गते एक टीभी अन्तर्वार्तामा चौधरीले लिपुलेक र कालापानीमा भारतको हो भन्ने आशयको अभिव्यक्ति दिएपछि बिहीबार पार्टीका महासचिव घनश्याम भुसालले पत्र पठाई ३ दिनभित्र स्पष्टीकरण दिन भनेका हुन्। 

‘भाद्र २५ गते साँझ ‘प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन्’ कार्यक्रममा तपाईंले लिपुलेक र कालापानीमाथि इन्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ। मलाई लाग्छ– दाबी पुग्छ, उसको दाबी पुग्छ, भारतले लिन पाउँछ... (कालापानी र लिपुलेक) भारतको हो नि’ भन्नु भएको रहेछ’, महासचिव भुसालले पठाएको पत्रमा भनिएको छ, ‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन्। हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदित नै छ। त्यस विपरित मुलुकको अखण्डता र सर्वभौमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो? यसबारे ३ दिनभित्र लिखित रूपमा स्पष्टीकरण दिनुहोला।’

हेर्नुहोस् महासचिव भुसालले उपमहासचिव चौधरीलाई लेखेको पत्र-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .